परिचय
सान्तिकाे अग्रदुत गाैतम बुद्धकाे जन्म स्थान लुम्बिनी अञ्चल रूपन्देही जिल्ला तिनहु नदि किनार अवस्थित वुटवल उपमहानगर पालीका वार्ड न. ११ प्रगतिनगरमा विगत २०५३ साल देखी बस्तिकाे विकास सगैं विभिन्न जात जाती, धर्म, भाषा भाषाीकाे वसाेवास गर्दै अाएका हुन । मानव बस्ति सगैं विभिन्न अावास्यक्ताहरू मध्य पहिलाे पिउने पानीकाे अावास्यक्ता पर्याे । नगरपालीका र नेपाल खानेपानी संस्थानले समेतकाे पहुच बाट बाहिर रर्याे। मिलनचाेक देखी बाेतल र जरकीनमा बाेकेर पानी पिउन बाध्य हुनु पर्याे त्यस पश्चात बस्तिका अगुवाहरूले जमीन मुनीबाट पानी निकाली पिउने पानीकाे व्यवास्था गर्नुपर्छ भनेर स्व. श्री शुक बहादुर गुरुङ्गकाे अध्यक्षतामा २०५४ सालमा प्रगतिनगर खानेपानी उपभाेक्ता समिति गठन भयाे । त्यस पश्चात काम अगाडी बड्दै गयाे । एउटा डिप ट्युवेल निर्माण गरी पानी निकाल्न सफल भयाे ।
त्यस पश्चात २०५६ सालमा स्व. श्री रूद्र बहादुर रायमाझीकाे अध्यक्षतामा समिति पुन गठन भयाे र बस्तिमा अार्थीककाे अत्यन्त कमजाेर भएकाे अवस्थामा सबैकाे घर घरबाट ५०० का दरले पैसा उठाएर अर्काे एउटा डिप ट्युवेल निर्माण गरी दुइ वटा डिप ट्युवेल बाट पानी वितरण गर्न सफल भयाैं ।
त्यसपश्चात २०६२ साल श्रावण १५ गतेकाे अधिवेशन बाट श्री जित बहादुर मल्ल काे अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन भयाे र त्यसले विभिन्न दिर्गकालीन अल्पकालीन कार्यायाेजना तयार पारी अगाडी सारियाे र पानी तान्ने डिप टयुवेल दुइ वटा थप गरी ४ वटा निर्माण भयाे र डिप ट्युवेल ६ वटा भयाे ।
क्षेत्रअधिकार
प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभाेक्ता संस्थाकाे पुर्व देवी पथ ८२ फुटे बाटाे पशिचम तिनहु नदि किनार उतर भु.पु सैनिक क्लव दक्षिण रंगशाला भनेकाेमा त्रीसुल पथ ।
पानी वितरण प्राणिकाे व्यावस्थापन
वितरण प्राणिकाे सुधिरिकरण २०६२ साल देखी मिटर सिस्टम र बिहान २ घण्टा बेलुका २ घण्टा पिउने पानी वितरण प्राणिकाे व्यवस्थापन गरियाे।